दार्चुला हिमपहिरो, उद्धारमा कठिनाइ

पाेखरा | बैशाख २०, २०८०

दार्चुला हिमपहिरो, उद्धारमा कठिनाइ

 

२० वैशाख, धनगढी । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ को भोलममा हिम पहिरोमा परेर मङ्गलवार दिउँसो २ बजेतिर यार्सागुम्बा टिप्न गएका १२ जनामध्ये सात जना सम्पर्कमा आए पनि पाँच जना भने अझै बेपत्ता छन् ।
     

घटनास्थलबाट तीन घण्टा टाढा रहेको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली  मङ्गलवार दिउँसो नै सो क्षेत्रमा परिचालित छ । भने आज बुधवार बिहान पनि थप टोली परिचालन गरिएको सशस्त्र प्रनाउ पाण्डेले बताउनुभयो छ ।

 

दार्चुलाको हिम पहिरोमा हराएकामध्ये दार्चुलाको नौगाडका अन्दाजी ३५ वर्षका ललित विष्टसहितको सात जनाको समूह भने मङ्गलवार साँझ नै घटनास्थलमा गएको सुरक्षाकर्मीको टोलीमा सम्पर्कमा आएको थियो ।

 

बेपत्ता रहेका पाँच जनामध्ये दार्चुलाको दुहुका दुई र डोटीका बुडरका तीन जना रहेको पनि सशस्त्र प्रनाउ पाण्डेले बताउनुभयो । 

 

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्